Housing Update

Do download our App from Play Google store Nepal Property Market .Login and update your property for sale or rent for free and get connected with thousand of Intrested Property Buyers and Sellers.
Abhiyan Daily
 घर निर्माणमा वास्तुशास्त्रको प्रयोग
पाण्डव शर्मा January 4, 2013  Views: 84
 
 
सम्बन्धित अरु
इण्टरनेटको अत्यधिक प्रयोगले बालबालिका सुस्त..
निर्धारित समयमा आईसीपी निर्माण नसकिने..
पाइपलाइन निर्माणको जिम्मा आईओसीलाई..
नेपाली निर्माण व्यवसायी भारतमा..
तनहुँ जलविद्युत् आयोजना चालू आवभित्रै निर्माण शुरू..
तटबन्ध निर्माणका लागि भारतीय दुतावासको सहयोग..
 
काठमाडौं कोटेश्वरका रामप्रसाद सुवेदी केही दिनयता अपार्टमेण्ट खरीद गर्न उपयुक्त हाउजिङ छनोटमा लागिपरेका छन् । वास्तुशास्त्रको सही व्यवस्थापन भएको अपार्टमेण्ट उनको पहिलो शर्त छ । ‘वास्तुशास्त्रअनुसार बनेको अपार्टमेण्ट किन्ने मेरो सोच छ,’ उनले भने, ‘वास्तुशास्त्र नमिलेमा पारिवारिक समस्या सृजना हुन सक्छ ।’ त्यस्तै लाजिम्पाटका रमेश श्रेष्ठ पनि वास्तुशास्त्र मिलेको भवनको खोजीमा छन् । वास्तुशास्त्रअनुसारको घर खोजी गर्ने रामप्रसाद र जीवन प्रतिनिधि पात्र मात्र हुन् । पछिल्लो समय अपार्टमेण्ट तथा घर खरीद गर्न चाहने अधिकांश ग्राहकले वास्तुशास्त्रलाई प्राथमिकतामा राख्ने गरेको पाइन्छ । ‘अपार्टमेण्ट निर्माण गर्दा वास्तुशास्त्रलाई ध्यान दिनुपर्ने अवस्था छ,’ आवास तथा घरजग्गा व्यवसायी सङ्घका उपाध्यक्ष ओमराज भण्डारीले भने, ‘अहिले शिक्षित व्यक्तिमा पनि वास्तुप्रतिको विश्वास बढेको छ ।’ आवास निर्माण गर्दा मूल्य, डिजाइन र भौगोलिक दूरीका साथै वास्तुशास्त्रमा ध्यान दिनुपर्ने समय आएको राजभण्डारीको भनाइ छ । 
 
के हो वास्तुशास्त्र ? 
चार वेदमध्ये अथर्ववेदको उपवेद स्थापत्यवेद हो । यसमा वास्तुशास्त्रका बारेमा उल्लेख गरिएको छ । वास्तुशास्त्रमा प्रकृति, वातावारण र ऊर्जाको उचित व्यवस्थापनलाई प्राथमिकतामा राखिन्छ । यसमा पञ्चतत्व (भूमि, जल, वायु, अग्नि र ब्रह्माण्ड)ले विशेष भूमिका खेलेको हुन्छ । पञ्चतत्वको उचित व्यवस्थापन हुन नसकेमा मानव जातिको हानी हुने वास्तुशास्त्रमा विश्वास राख्नेको मत छ । वास्तुशास्त्रलाई विज्ञानसँग पनि जोडेर हेर्ने गरिन्छ । ‘वास्तुशास्त्रमा उल्लेख भएझैं मानिसका लागि धु्रवीय व्यवस्थापन महत्वपूर्ण हुन्छ,’ बृहत इन्भेष्टमेण्ट प्रालिकी प्राविधिक संयोजक आर्किटेक्ट इञ्जिनीयर प्रार्थना वैद्यले भनिन्, ‘वस्तु कुन ठाउँमा राख्दा कस्तो प्रभाव पर्छ भन्नेबारे वास्तुशास्त्रका केही धारणा विज्ञानसँग पनि मेल खान्छ ।’ वास्तुशास्त्रमा विशेषगरी देवताको बास कुन स्थानमा हुन्छ भन्ने कुरालाई महत्वपूर्ण मानिन्छ । वास्तुलाई चार भागमा विभाजन गरिएको छ । ढोका, सुत्ने कोठा, भान्छा कोठा, पूजा कोठा, पूजा कोठाको व्यवस्थापनबारे यसमा उल्लेख गरिएको हुन्छ । यसअनुसार उत्तर–पूर्वमा पूजा कोठा राख्दा शुभ मानिन्छ । दक्षिण–पूर्वमा भान्छा कोठा र दक्षिण–पश्चिममा माष्टर बेडरूम राख्दा शुभ हुने वास्तुशास्त्रीहरू बताउँछन् । वास्तुमा कुन स्थानमा कुन रङको प्रयोग गर्दा शुभ हुन्छ भन्ने कुरालाई पनि समावेश गरिएको हुन्छ । दक्षिणमा रातो, दक्षिण–पश्चिममा खैरो, पूर्वमा सेतो र उत्तर–पूर्वमा पहेँलो रङ शुभ हुने विश्वास गरिन्छ । वास्तुअनुसार जग्गा किन्दा सकेसम्म चारकुना मिलेको समतल हेर्नुपर्छ । जग्गा भिरालो क्षेत्रमा भए उत्तर वा पूर्व भिरालो हेर्नुपर्छ । वास्तुशास्त्रअनुसार ढोका पूर्व–उत्तर, भान्सा पूर्व–दक्षिणमा हुनु राम्रो मानिन्छ । पूर्व, ईशान र उत्तरमा देवशक्ति रहने भएकाले यस दिशामा पूजाकोठा, अध्ययन कक्षलगायत निर्माण गर्नु राम्रो हुन्छ । वास्तुशास्त्रअनुसार आग्नेय, दक्षिण, नैर्ऋत्य, पश्चिम र वायव्य दिशामा कुनै पनि प्रयोजनका लागि खाल्डो बनाउनुहुँदैन । हाउजिङहरूमा अण्डरग्राउण्ड पानी ट्याङ्की उत्तर, पूर्व र ईशान दिशामा बनाउनु राम्रो मानिन्छ । नेपालका पुराना मठमन्दिरहरू वास्तुशास्त्रअनुसार निर्माण गरिएकाले ठूलाठूला भूकम्प आउँदा पनि तिनीहरूमा असर नपरेको वास्तुविद्हरू बताउँछन् । 
 
वास्तुका प्रकारहरू : 
 
(१) भूमि वास्तु 
(२) घरायसी वास्तु 
(३) व्यावसायिक वास्तु 
(४) धार्मिक वास्तु 
 
वास्तुशास्त्रको इतिहास 
परापूर्वकालदेखि नै भवन निर्माणमा वास्तुशास्त्रको प्रयोग हुँदै आएको छ । विशेषगरी धर्ममा विश्वास राख्ने परिवारमा यसको प्रयोगलाई निकै महत्व दिइन्छ । केही वर्ष अघिसम्म नेपालका ग्रामीण क्षेत्रमा यसको प्रयोग बढी थियो । तर, अहिले शहरी क्षेत्रमा पनि यसको प्रयोग बढेको पाइन्छ । ‘अहिले युवावर्गमा पनि वास्तुशास्त्रप्रति विश्वास बढ्दै गएको छ,’ वैद्यले भनिन्, ‘नेपालमा विशेषगरी भारतीय ढाँचाको वास्तुशास्त्र अपनाउने गरिन्छ ।’ विश्वका अन्य देशमा पनि कुनै न कुनै रूपमा वास्तुशास्त्रको प्रयोग भइरहेको उनको भनाइ छ । 
 
सम्भव छ त वास्तुशास्त्रको पूर्ण प्रयोग ? 
वास्तुशास्त्रको पूर्ण प्रयोग असम्भवजस्तै हुने आर्किटेक्ट इञ्जिनीयरहरूको भनाइ छ । ‘वास्तुशास्त्रको सम्पूर्ण विधि अपनाउँदा घरको डिजाइन राम्रो नहुन सक्छ,’ आर्किटेक्ट इञ्जिनीयर रश्मी तुलाधरले भनिन्, ‘तर, वास्तुशास्त्रलाई पूरै बेवास्ता भने गर्न सकिँदैन ।’ वास्तुशास्त्र र डिजाइनको सन्तुलन मिलाएर भवन निर्माण गर्नुपर्ने उनको सुझाव छ । 
 
वास्तुदोष निवारण कसरी गर्ने ? 
भवन निर्माणमा वास्तु नमिलेमा दोष निवारणका लागि विभिन्न उपाय अपनाउन सकिन्छ । श्रीयन्त्रको स्थापना गरेर त्यस्तो दोष निवारण हुन सक्ने वास्तुशास्त्रीहरू बताउँछन् । वास्तु नमिलेको ठाउँमा यसको प्रयोगले हानी रोक्न सकिने धार्मिक विश्वास छ । त्यसैगरी ऐनाको प्रयोगबाट पनि वास्तुको दोष निवारण गर्न सकिन्छ । ऐना राखेर त्यसको आकृति वास्तुशास्त्रअनुसारको दिशामा राख्न सकिन्छ । त्यसैगरी वास्तु नमिलेको स्थानमा काठको भाँडामा ढिके नून राखेर सम्भावित हानी रोक्न सकिन्छ । कृष्टलको बल प्रयोग गरेमा पनि वास्तुदोष निवारण गर्न सकिने धार्मिक विश्वास छ । 
 
 
यस वर्गबाट अरु
आइतवार, ८ पुस २०६९ : टेलिभिजन प्रयोग गर्ने घरपरिवारको सङ्ख्या
नेपाली सेनाले स्वदेशी जुत्ता प्रयोग गर्नुपर्छ
भाटभटेनीको नयाँ भिसा डेबिट कार्ड प्रयोगमा
कर्मचारीलाई स्वदेशी उत्पादन प्रयोग गर्न निर्देशन दिनुपर्छ
पूर्वाधार निर्माणमा प्रत्येक वर्ष लाखौं रकम खेर
सरकारको कच्चा कामले विमानस्थल निर्माणमा ढिलाइ : डा.महत